स्वास्थ्य

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

पछिल्लो २४ घण्टामा देशभर थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६१ पुगेको छ।

प्रकाशित: ८ भाद्र २०७९ १२:३९ बुधबार

कोरोना संक्रमण