स्वास्थ्य

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

कालिकोट जिल्ला महाबै गाउँपालिका र ओदा फाउणडेसनद्वारा सञ्चालित महाबै सामुदायिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने भएको छ।

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह र प्रतिष्ठानका बीच भएको छलफलमा महाबै अस्पताललाई विशेषज्ञ सेवा सञ्चालका लागि छिट्टै दुई पक्ष सम्झौता हुने भएको ओदा फाउण्डेसनका अध्यक्ष मिमबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: ३१ श्रावण २०७९ १२:१२ मंगलबार

महाबै गाउँपालिका र ओदा फाउणडेसन महाबै सामुदायिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान