स्वास्थ्य

कोरोना अपडेट: ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।  

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ४७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन्।

प्रकाशित: ३० श्रावण २०७९ १०:४० सोमबार

कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय