स्वास्थ्य

कोराना संक्रमण बढेपछि विद्यालय बन्द

कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ। 

गाउँपालिकाले  मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी संक्रमण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस संक्रमण  पुष्टि भएको छ ।  

मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ। संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। रासस

प्रकाशित: २५ श्रावण २०७९ ०२:४१ बुधबार

कोराना संक्रमण भोजपुर