स्वास्थ्य

पोखरिया अस्पतालमा जनशक्तिको अभाव

फाइल तस्बिर

पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ।

१५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिए। उनका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक पूर्वाधार र अन्य प्राविधिक व्यवस्थापकीय काम अघि बढाइएको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सञ्जय गुप्ताले अस्पतालको भवनबाट वर्षायाममा पानी चुहिने समस्या, आवश्यक प्रयोगशाला तथा जनशक्तिको अभाव रहेको बताए। नगरप्रमुख चौहानले अस्पतालमा देखिएका विभिन्न समस्या समयमै सामाधान गरिने जानकारी दिए।  रासस

प्रकाशित: २४ श्रावण २०७९ ०३:५१ मंगलबार

पोखरिया नगरपालिका