स्वास्थ्य

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।  

आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमामा निःशुल्क उपचार हुने गर्दछ।

‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार गरिने मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १४ श्रावण २०७९ ०४:२७ शनिबार

एसिड आक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय