स्वास्थ्य

आपूर्ति शाखाका प्रमुख डा.चौरासियालाई ५ करोड घुस लिएको आरोप,जबाफका लागि राज्यमन्त्रीको पत्र

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरासियालाई ५ करोड घुस लिएको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जवाफ मागेको छ।  

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र काट्दै उनलाई ५ बजेभित्रमा मन्त्रालयल उपस्थित हुन आदेश दिएका हुन्।  

पत्रमा डा.चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको,५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको,५ करोड भन्दा बढी रकम घुस लिएको आरोप छ।  

प्रकाशित: १० श्रावण २०७९ ०८:१९ मंगलबार

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा डा.सुरेन्द्र चौरासिया