चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ४ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
‘फागुन २७ गते जिल्लामा कोरोना संक्रमणका बिरामी शून्यमा झरेको थियो,’ स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले भनिन्, ‘असार २२ गतेदेखि दैनिक विरामी भेटिन थालेका छन्।’ जिल्लामा हाल १९ जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये १७ जना भरतपुर महानगरपालिका भित्रका छन्।
रत्ननगर नगरपालिका र राप्तीका एक÷एक जनामा संक्रमण देखिएको छ। तर, उनीह?को अवस्था सामान्य रहेको ढकालले जानकारी दिईन्। एक जना मात्र भरतपुर अस्पतालमा उपचारत रहेका छन्। १८ जना होम आईसोलेसनमा रहेका छन्।
जिल्लामा हालसम्म संक्रमितको संख्या ३३ हजार ५७३ पुगेको छ। जसमध्ये ३३ हजार १०५ जना निको भैसकेका छन्। ४४९ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ।
कोरोनाको जोखिम यद्यपि अहिले देखिएको कारोना संक्रमणबाट डराउनु पर्ने अवस्था नरहेको ढकालले बताईन्। तर, सचेत रहन भने उनले अनुरोध गरेकी छन्। ‘कोरोना संक्रमण फेरी बढ्दै छ,’ उनले भनिन, ‘उच्च सावधानी अपनाउन सबै लाग्नुपर्दछ।’ उनले कोरोना खोप लगाउन समेत सबैलाई अनुरोध गरेकी छन्। चितवनमा ५ लाख ३९ हजार ५१४ जनाले कारोना वि?द्धको पहिलो मात्रा लगाईसकेका छन्। त्यस्तै ४ लाख ५८ हजार ११८ जना दोस्रो मात्रा र १ लाख ९१ हजार ६८५ जनाले अतिरिक्त मात्र (बुस्टर डोज) लगाइसकेका छन्।
चितवनमा कोरोना संक्रमणको अवस्था
२०७६ चैत ३ गते बेलायतबाट आएका आमाछोरामा संक्रमण देखिएको थियो। ६३ वर्षकी आमा र २७ वर्षका छोरा थिए। सो महिनामा दुई जना मात्र संक्रमण देखियो। चैत ११ गतेबाट लकडाउन सुरू गरेपछि वैशाख महिनामा एक जनामा पनि संक्रमण देखिएको थिएन। तर, उनीहरू कोरोना मुक्त भएका थिएनन्।
कोरोना संक्रमण बिस्तारै बढ्दै जेठ महिनामा ३४ जनामा पुष्टि भयो। सोही महिना एक जनाको मृत्यु समेत भएको थियो। कोरोना थपिँदै असार महिनामा ७४ जनामा देखियो। साउनमा १०५ जनामा संक्रमण देखियो। ह्वात्तै बढ्दै भदौ महिनामा एक हजार १४६ जनामा पुग्यो। सोही महिना १६ जनाको समेत मृत्यु भयो। पहिलो लहर आउँदा कात्तिक महिनामा सबैभन्दा बढी संक्रमित भेटए। सो महिनामा दुई हजार १५८ जनामा संक्रमित देखिए। सोही महिना ४४ जनाले समेत ज्यान गुमाए। त्यसपछि क्रमशः घट्दै २०७७ फागुन महिनामा आउँदा ९६ जनामा झर्यो।
९६ जनामा झरेको संक्रमण दर फेरि डेल्डा भाइरस संक्रमण सुरूभएपछि ह्वात्तै बढ्यो २०७७ को चैत महिनामा मात्रै चार हजार १७७ जनामा संक्रमण देखिएको थियो। त्यसपछि दुई महिना क्रमशः घट्दै गयो। २०७८ सालको वैशाखमा तीन हजार ८८१ र जेठ महिनामा तीन हजार ४२ जनामा देखियो। फेरि असार महिनामा डेल्टा चरम ?पमा फैलियो। संक्रमण देखिएको १५ महिना अवधिको सबैभन्दा बढी असारमा पाँच हजार २६५ जनामा देखियो। साउनमा ह्वात्तै घटेर दुई हजार १११ जनामा झर्यो। त्यसपछि क्रमशः घट्दै मंसिरमा आउँदा २८४ जनामा झरेको थियो। चितवनमा सबैभन्दा बढी डेल्टा भाइरस खतरनाक ?पमा भैलिएको थियो। डेल्डा फैलिएको समय अर्थात दोस्रो चरणमा ३२० जनाको ज्यान गएको छ।
बिस्तारै संक्रमणदर घट्दै गएको समयमा तेस्रो लहरका रूपमा ओमिक्रोन भाइरस भित्रियो। जिल्लामा ओमिक्रोनको यथेष्ट पुष्टि नभए पनि पुसबाट फैलिएको अनुमान छ। माघमा २००मा भरेको संक्रमणदर पुसमा ७०० पुग्यो। एक्कासी बढ्दै माघ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुग्यो। सो महिनामा पाँच हजार ५५४ जनामा संक्रमण पुष्टि भएको थियो। फेरि ह्वात्तै घट्दै फागुन महिनामै १५० जनामा झर्यो। त्यसपछि फागुन २७ गतेदेखि शून्यमा झरेको थियो। त्यसयता शुन्यमा झरेको कोरोना एक्कासी असार २२ गते देखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
प्रकाशित: १ श्रावण २०७९ १०:१० आइतबार