स्वास्थ्य

देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर ३ हजार ४५ कोरोना परिक्षण गर्दा १२१ जनामा कोरोना पुष्टि भएको हो। 

जसअनुसार १ हजार ७ सय पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ ऐन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

त्यस्तै गत २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ। 

प्रकाशित: २६ असार २०७९ १०:२१ आइतबार

कोरोना