स्वास्थ्य

काठमाडौँमा थप दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दासका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका १ जना र काठमाडौँ महानगर १३ वडाको १ जना रहेका छन्।  

दासका अनुसार अहिले उनीहरुको अस्पतालमा उपचार भइरहेको छ। योसँगै काठमाडौँ उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ। संक्रमित २३ जना मध्ये ४ जना अस्पतालमा उपचाररत छन् भने अन्य उपचार पछि घर फर्किसकेका छन्। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजा संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी शुद्धिकरण गरेर पीउनका लागि आग्रह गरिरहेको छ।  

प्रकाशित: २३ असार २०७९ ११:१६ बिहीबार

हैजा संक्रमण