स्वास्थ्य

देशभर १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर

देशभर गत २४ घण्टामा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय २४ कोरोना परिक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। 

त्यसमध्ये १ हजार ५ सय ४९ पीसीआर परिक्षण गर्दा ९० जना र १ हजार १ सय ७५ एन्टिजेन परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन्।  

सक्रिय संक्रमितको संख्या ४७१ रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

प्रकाशित: २२ असार २०७९ ११:०१ बुधबार

कोरोना कोरोना संक्रमण पुष्टि