स्वास्थ्य

काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौँमा उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।  

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । दासका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। अहिले ती दुबै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको उनले बताए।  

पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजा संक्रमण देखिएको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिरहेको छ। 

प्रकाशित: २१ असार २०७९ ०६:३५ मंगलबार

काठमाडौंमा हैजा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक