स्वास्थ्य

भारतसँगै नेपालमा पनि बढ्न थाले कोरोना संक्रमित, चौंथो लहरको संकेत त होइन?

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ६ सय २० जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेपालमा अहिलेसम्म ६२ जनामा संक्रमण पुष्टि भएको छ।

असार १ गतेको तथ्यांकलाई हेर्ने हो भने लगभग तेब्बरको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। असार १ गते ३ हजार ९ सय ५ जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ। असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।  

कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ। असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।  

शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन कोरोना संक्रमण बढ्दै जानुको कारणहरुमा स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन छोड्नु र छिमेकी मुलुकमा संक्रमण बढनु रहेको बताउँछन्। पछिल्लो समय नेपालमा कोरोनाको कुन भेरियन्टको संक्रमण देखिएको भन्ने थाहा नहुँदा संक्रमण दर कस्तो अवस्थामा बढ्ला भन्न नसकिने उनको भनाई छ। 

त्यसैले नेपालमा ओमिक्रोनको भेरियन्टले संक्रमण बढेको हो वा अन्य भेरियन्टले गर्दा संक्रमण दर बढेको हो त्यो खोजी गर्न आवश्यक रहेको उनको भनाई छ। तर, कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरलाई हेर्ने हो भने चौथौं लहरले भयावह अवस्था नल्याउने डा.पुनको आंकलन छ।  

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्रले नेपालमा अन्तर्राष्ट्रिय नाकाबाट नेपाल आउने व्यक्तिहरुमा बढी कोरोना संक्रमण देखिएको बताएकी छिन्। उनले अहिले ओमिक्रोन भेरियन्टको नयाँ सब लिनियज देखिएको र यो अन्य भन्दा अलि बढी संक्रामक हुने हुँदा संक्रमण बढेको बताएकी छिन्।

पीसीआर विधिबाट ५७ लाख ५६ हजार ५ सय ६६ कोरोना परीक्षण गर्दा ९ लाख ७९ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ऐन्टिजेन विधिबाट १२ लाख २७ हजार ३ सय ४७ कोरोना परीक्षण गर्दा १ लाख ४० हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै अहिलेसम्म ९ लाख ६७ हजार ४ सय ४५ जना कोरोना संक्रमणबाट निको भइसकेका छन्।

पीसीआर विधिबाट ५७ लाख ५६ हजार ५ सय ६६ कोरोना परीक्षण गर्दा ९ लाख ७९ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ऐन्टिजेन विधिबाट १२ लाख २७ हजार ३ सय ४७ कोरोना परीक्षण गर्दा १ लाख ४० हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएदेखि बुधबारसम्म १ करोड ९६ लाख ४६ लाख ७ सय ४७ पहिलो मात्रा खोप लगाइएको छ भने २ करोड २ लाख ८८ हजार १ सय २७ पूर्ण मात्रा खोप लगाइसकिएको छ। त्यस्तै ६२ लाख ६३ हजार ५ सय २८ अतिरिक्त मात्रा खोप लगाइसकिएको छ।

यसरी संक्रमण बढ्दै जानुले नेपालमा कारोनाको चौंथो लहर आउन लागेको भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन्। त्यसका लागि केही हप्ताको संक्रमणदर र  जिन सिक्वेन्सिङ हेनुपर्ने उनीहरुको भनाई छ।  

यसरी संक्रमण बढ्दै जानुले नेपालमा कारोनाको चौंथो लहर आउन लागेको भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन्। त्यसका लागि केही हप्ताको संक्रमणदर र  जिन सिक्वेन्सिङ हेनुपर्ने उनीहरुको भनाई छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी नेपालमा अहिलेको संक्रमणले चौंथो लहर आउन लागेको नर्कान नसक्ने र आउने सुनिश्चितता नै गर्न नसकिने बताउँछन्। छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको कारण त्यसको प्रभाव नेपालमा नी परेको उनको भनाई छ।  संक्रमणदर बढेसँगै कोरोनाविरुद्वको खोप लगाउने साथै स्वास्थ्य मापदण्डहरुमा ध्यान दिनुपर्ने अधिकारी बताउँछन्। तर,कोरोना संक्रमणको बारेमा जनचेतनाका कुराहरु धेरै भइसकेको हुँदा अबको लहरमा त्यति धेरै समस्या नहुँने उनको बुझाई छ।

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले नियमित रुपमा जिन सिक्वेन्सिङ गरिरहेको र अहिले बढेको संक्रमणको अवस्था हेरिरहेको बताएको छ। प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले सातै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरीरहेको र अबको एक हप्ता पछि मात्र त्यसको नतिजा थाहाँ पाउने बताउँछन्। गुप्ता भन्छन्, ‘जिन सिक्वेन्सिङको प्रक्रिया हुन्छ,त्यसको नतिजा आउन एक हप्ता लाग्छ। त्यसपछि मात्र के हो भन्ने कुरा थाहाँ हुन्छ।’

वीर अस्पतालका उपनिर्देशक डा.प्रज्वल श्रेष्ठ अस्पतालमा अहिले कोरोना बिरामीको संख्या शून्य रहेको बताउँछन्। श्रेष्ठ भन्छन्, ‘देशभर संक्रमणको संख्या बढेपनि अस्पतालमा आउने बिरामीको संख्या भने शून्य छ। कोरोनाको लक्षण भएका बिरामीहरु अस्पतालमा आउनुभएको छैन्। देखिएका केहि व्यक्तिहरु पनि होम आइसोलेसनमा बस्नुभएको छ।’  

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ। पछिल्लो २४ घण्टामा १८, ८१९ जनामा संक्रमण देखिएको थियो। यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो। १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए। डब्ल्यूएचओले महामारीको खतरा कम रहेको तर अहिले नै समाप्त भइनसकेको बताएको छ। 

प्रकाशित: १६ असार २०७९ १५:२४ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना संक्रमित कोरोना संक्रमितको संख्या ओमिक्रोनको भेरियन्ट