स्वास्थ्य

थप दुई जनामा हैजाको आशंका

मंगलबार थप २ जनामा हैजा संक्रमण भएको आशंका गरिएको छ। कालिमाटीको स्थानीय स्वास्थ्य चौकीबाट पठाइएका दुईवटा नमुनाको आर डिटी परीक्षण गर्दा हैजा संक्रमण देखिएको हो। थप पुष्टि गर्नका लागि अस्पतालले नमुना परीक्षण गरिररहेको र त्यसको रिपोर्ट आउन बाँकी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

नमुनाको रिपोर्ट आएपछि मात्र हैजा भएको यकिन हुने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। यसअघि उपत्यकामा १२ जनामा हैजा पुष्टि भइसकेको छ भने दैनिक २ सय ५० जनामा झाडापखाला लाग्ने गरेको अस्पतालहरूको रेकर्डमा पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

राजधानीमा उपचारर्थ भर्ना भएका सबैजसो निको भएर डिस्चार्ज भइसकेको राष्ट्रिय इपिडिमियेलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ। विभागका अनुसार राजधानीमा हैजा र झाडापखालको जोखिमबाट बच्न लागि स्थानीय निकायहरूले जनचेतना अभियान सुरु गरिरहेका छन्।

गुणस्तर कायम नगरेका दुई पानी उद्योग कारबाहीमा

खाद्य तथा गुण नियन्यत्रण विभागले दुईवटा पानी उद्योगलाई पानी उत्पादनमा रोक लगाएको छ। विभागबाट अनुगमनमा पुगेको टोलीले गुणस्तरहीन रूपमा पानी बिक्री गरेको भेटेपछि उत्पादनमै रोक लगाएको जनाएको छ।

कारबाहीमा पर्नेमा सरल मिनिरल वाटर एण्ड वेभरेज टोखा र मणि खानेपानी सेवा टोखाकालाई गुणस्तरमा सुधार नआउँदासम्मका लागि उत्पादनमा रोक लगाएको हो। दुवै पानी उद्योगमा सफाइको न्यनूतमा मापदण्ड पूरा नभएकोले कारबाही गरेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।

राजधानीमा दूषित पानीको कारण हैजा र झाडापखाला फैलिएसँगै प्रमुख जिल्ला अधिकारी सहितको बैठकले सरोकारवाला निकायहरू उपत्यका खानेपानी उद्योग र खाद्य तथा गुण नियन्त्रण विभागलाई पानीको अनुगमन तथा परीक्षण र सुधारको लागि पहल गर्ने निर्णय गरेको थियो। हैजा समयमा नै नियन्त्रणमा ल्याउन पहल थालिनुपर्ने सरोकारवालाले बताएका छन्।

निर्णयलगत्तै विभागले गरेको अनगमन प्रक्रिया अघि बढाएको हो। विभागको अनुगमन टोलीले सोमबारसम्ममा ८ वटा प्रशोधित पानी उद्योगमा अनुगमन गरेको छ। अनुगमनका क्रममा जार र बोतलका ५ वटा नमुना संकलन गरेको र २२ पुराना जार नस्ट गरी कारबाही गरेको छ।

गुणस्तर अन्य पानी उद्योगहरूमा माता सरस्वती खानेपानी उद्योग कागेश्वरी मनोहरा, एमवी वेभरेज उद्योग कागेश्वरी मनोहरा, एएण्डबी बेभरेज इण्डिस्ट्रिज मनोहरा, अन्वा आर एण्ड इण्डिष्ट्रज कागेश्वरी, अक्वा आर एन इण्डस्ट्रिज मनोहरा, डाँफे मिनरल वाटर गोकर्णेश्वर र हिमालय होली ग्रुप चाहिवल लगायत उद्योगमा अनुगन गरेको हो।

अनुगमन प्रक्रिया जारी रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले नागरिकलाई जानकारी दिए। यससँगै विभागले सकडमा बिक्री भइरहेका खानेकुराको अनुगमन गरिर हेको जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०३:५० बुधबार

थप दुई जनामा हैजाको आशंका झाडापखाला