स्वास्थ्य

२३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको सफल अप्रेसन

दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको अप्रेसन गरिएको छ। चिकित्सकहरुका अनुसार २३ हप्ताकी गर्भवतीको यो अप्रेशन जटिल मानिन्छ। प्रतिष्ठानका सर्जन चिकित्सक र एनेस्थेसियाको टोलिले दंगिशरण २ की १८ वर्षीया युवतीको अप्रेसन गरेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए।

अप्रेशनमा संलग्न एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले २३ हप्ताकी गर्भवतीको यो अप्रेशन निकै जटिल मानिने र ती महिलाको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै जोखिम मोलेरै अप्रेशन गरिएको बताए। तुलसीपुरस्थित एक क्लिनिकबाट प्रतिष्ठानमा रेफर भएकी ति बिरामीको अल्ट्रासाउण्ड गरेपछि एपेण्डिसाइटिसको समस्या देखिएको थियो।

बिरामीले भनिन् ‘एक दिनको पेट दुखाइपछि मेरा परिवारले क्लिनिकमा लैजानु भएको थियो, अल्ट्रासाउण्ड गर्दा एपेण्डिसाईटिस देखिएपछि प्रतिष्ठानमा सेवा राम्रो छ भनेर सञ्चारमाध्यमबाट थाहा पाएकै कारण त्यहाँबाट रेफर भइ प्रतिष्ठानमा उपचारका लागि आएकी हुँ, यहाँका चिकित्सकहरुले मेरो राम्रो उपचार गरी सफल अप्रेसन गरिदिएकोमा धन्यवाद दिन चाहन्छु।’ अप्रेसनपश्चात बिरामीको अवस्था सामान्य छ।

प्रकाशित: ११ असार २०७९ ०७:४१ शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एपेण्डिसाईटिस