स्वास्थ्य

धुम्रपान रहित कार्यालय बनाउनेमा उपमहानगरका जनप्रतिनिधि प्रतिबद्ध

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख, उपप्रमुख लगायत। तस्बिर: नागरिक

नेपालगन्ज उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ। नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राईले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी असल शासन क्लब (बास) नेपालगन्जको सहकार्यमा छपाई गरिएका विभिन्न सन्देश मुलक स्टिकर टाँसेर धुम्रपान रहित कार्यालय बनाउने अभियान सुरुवात गरिएको हो।  

सो क्रममा नगर प्रमुख विष्ट र नगर उपप्रमुख राईले उपमहानगरपालिका कार्यालयलाई धुम्रपान रहित बनाउन कडाई गरिने बताएका थिए। सो क्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, बासका पदाधिकारी, उपमहानगरपालिकाका कर्मचारी लगायत उपस्थित भएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७९ ११:५२ मंगलबार