स्वास्थ्य

थबाङमा महिला स्वास्थ्य शिविर

शिविर उद्घाटन कार्यक्रम। तस्बिरः दिनेश/नागरिक

रोल्पाको थबाङमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा, ग्लोबल आइएमइ बैंक लिमिटेड थबाङको आयोजना र गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो।

जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा संचालित शिविरबाट १ सय २३ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए। जसमध्य १ जना महिलाको बार्थलिङ सिस्टको माइनर शल्यक्रिया समेत गरिएको थियो। शिविरमा आएका महिलाहरुमा पाठेघर झर्ने समस्या, समयमा महिनावारी नहुने, सेतोपानी बग्ने र तल्लो पेट दुख्ने समस्या बढी पाइएको चिकित्सकले बताएका छन्।  

नेपाल परिवार नियोजन संघ दाङका सभापति तिर्थ सन्तोषीको अध्यक्षतामा संचालन भएको शिविरमा थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती, उपाध्यक्ष रामकिरणी रोका मगर, डाक्टर रियुकिइ इसिदा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो। शिविरमा नेपाल परिवार नियोजन संघ दाङ घोराहीबाट आएका स्वास्थ्यकर्मी र जलजला अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थ्यकर्मीले सेवा दिएका थिए।

प्रकाशित: २८ चैत्र २०७८ १०:०२ सोमबार