स्वास्थ्य

थप १८ जनामा संक्रमण पुष्टि भएसँगै ६४ हजार भन्दा धेरैले खोप लगाए

थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।  

योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमितको संख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ४० हजार १०५ रहेको छ। पछिल्लो समय थप २७१ संक्रमणमुक्त भएका छन्।

योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६४ हजार ३९८ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। त्यसैगरी पछिल्लो समय ६४ हजार ३४७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।

हाल सक्रिय संक्रमितको संख्या एक हजार ९६० रहेको छ। अहिले होम आइसोलेशनमा एक हजार हजार ९१६ रहेका छन्। त्यसैगरी संस्थागत आईसोलेसनमा ४४ आइसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन्।

प्रकाशित: ११ चैत्र २०७८ १२:२५ शुक्रबार