स्वास्थ्य

थप ७७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोही क्रममा कोरोनाबाट एकजनाको मृत्‍यु भएको छ।

यस्तै, १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २७ फाल्गुन २०७८ १०:२४ शुक्रबार