स्वास्थ्य

स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे १ सय दिने प्राथमिकता

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले २० बुँदामा १ सय दिने प्रथमिकता सार्वजनिक गरेका हुन्। मन्त्री यादवले मन्त्रालयका नियमित काम बाहेक बाहेक पहिलो १ सय दिने कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याइएको बताए। 

मन्त्री यादवले सार्वजनिक गरेको १ सय दिने कार्ययोजनामा  प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुवाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि  स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य वीमा वोर्डको प्रदेश नं.१ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने छ। यस्तै  मेची अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्वन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने रहेको छ।

त्यसैगरि स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने, प्रादेशिक आर्युवेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आप्mनै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढिकरणको कार्यक्रम कार्यान्वयन गर्ने छ।  मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाइघाट अस्पताललाई आकस्मीक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको मन्त्री यादवले पत्रकार सम्मेलनमा  जानकारी गराए।  

उनले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको लागि जग्गा ब्यवस्थापन गर्ने, कोभिड १९ को अवस्था, खोप लगायतका सम्पूर्ण जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, प्रोल्याप्स युटरेस र फिस्टुलाको शल्यक्रिया प्रदेश भित्रका अस्पतालहरुसँग सम्झौता गरि संचालन गर्ने योजना रहेको बताए। 

यस्तै स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुको कर्मचारी दरवन्दीको अवस्था अध्ययन गरि रिक्त पद परिपुर्ति गर्न सम्वन्धित निकायमा पहल गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीहरुको रिक्तपदको विवरण संकलनगरि लोक सेवामा पठाईने, बजेटमा व्यवस्था भएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि आवस्यक मार्गदर्शन तयार गर्ने लगायतका कार्ययोजना मन्त्री यादवले सार्वजनिक गरेका हुन्। 

उनले प्रदेश १ मा कोरोना पछि स्वास्थ्य संस्थाहरूमा आधुनिक उपकरणहरू पुगे पनि ती उपकरण सञ्चालनका लागि दक्ष जनशक्ती नभएको बताए। प्रदेश १ मा स्वास्थ्य क्षेत्रमा आबश्यकताको आधारमा आधा मात्रै जनशक्तीले काम गरिरहेको मन्त्री यादवले बताए। उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र परिणाममुखि बनाउन तत्कालै जनशक्ती व्यवस्थापन आबश्यक रहेको बताए।

प्रकाशित: १५ फाल्गुन २०७८ १४:०० आइतबार