स्वास्थ्य

प्रदेश १ कोरोना अपडेट: थप ४० जनामा संक्रमण पुष्टि भएसँगै ५४ जना कोरोनामुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २८ महिला र २६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा ४० जनामा कोरोना संक्रमित थपिएका छन्।

तीन सय ७ जनाको  पिसिआर परीक्षण गर्दा १८ र ३ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

झापाको विर्तामोड, शिवसताक्षी, भद्रपुर, गौरीगञ्ज, दमक, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगर, ग्रामथान र रंगेलीमा १–१, सुनसरीको इटहरी र धरानमा १–१, खोटाङ र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा बिहीबार सक्रिय संक्रमितको संख्या ९ सय ३३ रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १२ फाल्गुन २०७८ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App