स्वास्थ्य

सर्जिकल सेन्टरको सेवा विस्तार गरी तौलिहवा आँखा अस्पताल बनाइयो

तौलिहवा आँखा उपचार सर्जिकल सेन्टरको सेवा विस्तार गरी तौलिहवा आँखा अस्पताल बनाइएको छ। लामो प्रयास पछि कपिलवस्तु नगरपालिका वडा नम्बर–३ सिद्धार्थ टोल स्थित सर्जकल सेन्टरलाई आँखा अस्पतालको रुपमा सेवा विस्तार गरिएको हो। अस्पताललाई सेकेन्डरी आँखा अस्पतालकारुपमा विकसित गरिएको हो।

सो अवसरमा नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेशका संयोजक सागरप्रताप राणाले सेवा विस्तार भएको आँखा अस्पताललाई टिकाई राख्न सबैले साथ दिनुपर्ने बताए। उनले श्रोत व्यवस्थापनकालागि सबैको पहल आवश्यक रहेको उनले बताए। ‘आँखा अस्पतालका रुपमा सेवा विस्तार गर्नु खुशीको कुरा हो, तर यसलाई टिकाई राख्न पनि सबैको साथ आवश्यक छ’ उनले भने।

सो अवसरमा डाक्टर ज्ञानेन्द्र लामिछानेले अब अस्पतालमा गुणत्मक सेवा दिन जरुरी रहेको बताए। उनले अस्पतललाई टिकाइ राख्न श्रोतहरुको व्यवस्थापन गर्नु प्रमुख चुनौती रहेको बताए। तौलिहवा आँखा अस्पताल नेपाल कै नमुना हुन सक्ने भन्दै उनले यसलाई जागाई राख्न सबैको साथ र पहल आवश्यक रहेको बताए। सकेन्डरी अस्पताल बनेसंगै अब तौलिहवा आँखा अस्पतालमा आँखाका डाक्टरले सेवा दिने छन्।

यस्तै अन्य कर्मचारी पनि राखिने संघका जिल्ला अध्यक्ष रमेश शर्माले बताए। सेकेन्डरी अस्पताल बनेसँगै अब तौलिहवा आँखा अस्पतालमा मोतिया बिन्दुको अप्रेशन सेवा दिनहु हुनेछन्। रमेश शर्माको अध्यक्षतार मनोज कुमार श्रीवास्तवको सञ्चालनमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपाल बहादुर सिंह, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, गुनाखर गैरे लगायतले शुभकामना मन्तव्य दिएका थिए।  

प्रकाशित: ४ फाल्गुन २०७८ १२:४२ बुधबार

तौलिहवा आँखा उपचार सर्जिकल सेन्टर तौलिहवा आँखा अस्पताल कपिलवस्तु नगरपालिका अस्पताल सेकेन्डरी आँखा अस्पतालका