प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ६१ र ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेह्रथुम र पाँचथरमा २–२, खोटाङ, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैँचामा २–२, रंगेली, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमक र शिवसताक्षीमा ४–४, विर्तामोड र गौरादहमा ३–३, हल्दिबारी र कनकाईमा १–१, सुनसरीको इटहरीमा ६, धरानमा ३, इनरुवा र भोक्राहानरसिंहमा १–१, तेह्रथुमको फेदाप र आठराईमा १–१, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१, खोटाङको ऐसेलुखर्क, उदयपुरको कटारी र संखुवासभाको मकालुमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा मंगलबार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३२ महिला र ३० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा २ महिलाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५५ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ३ फाल्गुन २०७८ १२:२२ मंगलबार