स्वास्थ्य

थप ६८० जनामा संक्रमण पुष्टि भएसँगै दुईको मृत्यु

आज देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्।

यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन्। आज देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै कोरोनाका कारण थप २ जनाको मृत्‍यु भएसँगै मृत्‍यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ। यस्तै हालसम्म ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा थप २०९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्‍ये काठमाडौंका १७१, ललितपुरका २४ र भक्तपुरका १५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ११:३१ मंगलबार

कोरोनाभाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय