स्वास्थ्य

तनाव व्यवस्थापन सम्बन्धी सचेतना

रोल्पाको दहबनमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ बिषयक एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति  र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।

द्वन्द्व प्रभावित र जोखिममा रहेका करिब ३ दर्जन महिलाहरुलाई तनाव व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ। ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमका कार्यक्रम प्रमुख दिनेश सुवेदी र मनोविमर्शकर्ता गीताकुमारी वलीले सचेतना कार्यक्रमको सहजीकरण गरेका थिए।

स्थानीय तहहरुसँगको सहकार्यमा संचालन गरिने यस्ता खाले विभिन्न कार्यक्रमले द्वन्द्व प्रभावित महिलाहरुलाई मानसिक रुपमा स्वस्थ रहन सघाउ पुग्ने जनप्रतिनिधिहरुले बताएका छन्। द्वन्द्व प्रभावित महिलाहरुसँग बिगत एक वर्षदेखि निरन्तर मनोसामाजिक क्षेत्रमा काम गरिरहेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमले जिल्लाका चार स्थानीय तहहरुमा थप सचेतनाका कार्यक्रम संचालन गर्ने जनाएको छ।

‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमका अनुसार मनोविमर्श, मानसिक उपचार, व्यावायिक सीपमूलक तालिम लगायत सचेतनाका कार्यक्रमले द्वन्द्व प्रभावित महिलाहरुको व्यवहार परिवर्तनमा सघाउ पुग्ने छ। कार्यक्रमका सहभागीहरुले तनाब ब्यबस्थापन सम्बन्धी यस्ता कार्यक्रमहरु स्कुल जाने बिद्यार्थिका लागि थप आवश्यक भएको बताएका थिए।  

प्रकाशित: १ फाल्गुन २०७८ १२:५० आइतबार