स्वास्थ्य

थप ८ सय ३६ जनामा संक्रमण पुष्टि, २ लाख ८८ हजार भन्दा बढीले खोप लगाए

नेपालमा बितेको २४ घण्टामा थप आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ। कोरोनाका कारण थप ४ जनाको गएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ। नेपालमा अहिले २६ हजार १ सय २ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

बुस्टर डोज लगाउनेको संख्या ७ लाख १३ हजार ९ सय जना पुगेको छ भने बितेको २४ घण्टामा २ लाख ८८ हजार आठ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यो सहित नेपालमा एक करोड ८२ लाख २० हजार आठ सय जनाले कम्तीमा एक मात्रा र एक करोड ६३ लाख २४ हजार ९ सय जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 

प्रकाशित: २९ माघ २०७८ ११:१५ शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना भाइरसको संक्रमण पुष्टि