स्वास्थ्य

बाँकेमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु

बाँकेमा शनिबार बिहान कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका-२, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक ती पुरुषले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिएनन्। माघ १० गते उनको कोरोना परीक्षण गरिएको थियो भने ११ गते उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला कोभिड-९ व्यवस्थापन केन्द्रका फोलक पर्सन तेज ओलीले जनाए।

भेरी अस्पतालमा उनको मृत्यु भएको ओलीले भनाइ छ। उनकाअनुसार योसँगै बाँकेका तीन सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

प्रकाशित: २२ माघ २०७८ ०४:४० शनिबार

उपचारका क्रममा मृत्यु नरैनापुर गाउँपालिका ५० वर्षीय पुरुष