स्वास्थ्य

गण्डकी प्रदेशमा थप २९० जनामा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना सङ्क्रमण देखिएको छ। प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा १३५ महिला र १५५ पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

सङ्क्रमित हुनेमा कास्कीका १७९, स्याङ्जाका २६, बाग्लुङका १९, लमजुङका १७, म्याग्दीका १५, तनहुँका १४, मुस्ताङका नौ, पर्वतका पाँच, नवलपरासी पूर्वका चार, गोरखा र मनाङका एक/एक रहेका छन्।

एकको मृत्यु

प्रदेशमा कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१० का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको हिजाे दिनको १२.५० बजे पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। निजमा गत माघ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 

प्रकाशित: २१ माघ २०७८ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App