स्वास्थ्य

थप ५,५८३ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६७४ जनाको नमुना परीक्षण गार्दा सो संक्रमित फेला परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जनाको मृत्यु भएको छ।  यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ।  

संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन्। 

प्रकाशित: १८ माघ २०७८ ११:३२ मंगलबार