स्वास्थ्य

१५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुँदै

कपिलवस्तुको २ पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। जिल्लाको महराजगंज र बुद्धभुमी नगरपालिकामा आधारभुत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिेने भएको हो। महारजगंजमा २८ करोड र बुद्धभुमी नगरपालिकामा १९ करोड लागतयको अस्पताल निर्माण हुन लागेको हो।

महराजगंज नगरपालिका १ प्राथमिक स्वास्थय चौकीको किनारमा एक बिघा बढी क्षेत्र रहेको जग्गामा सुबिधा सम्पन्न् अस्पताल निर्मााणको तयारी गरिएको महाराजंगंजका मेयर अब्दुल कलाम खाले बताए। ‘अस्पताल निर्माणको प्रकृया अघि बढाई सकेका छौँ, एक दुई दिन भित्रै ठेकेदार कम्पनीसंग संझौताको तयारी गरेका छौँ’ उनले भने। निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेवा उपलब्ध हुने उनले बताए। जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसि डेन्टल आँखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए।

अस्पताल निर्माण भए पछि महराजगंजले स्वास्थ्य सेवामा फड्को मार्ने उनले बताए। सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हट्ने मेयर कलामले बताए। उनले नगरबासीको स्वास्थ्य सेवा आफ्नो पालिकाको पहिलो प्राथमिकता रहेको बताए। उनले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको बताए। ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर संचालन भईसकेको उनले बताए।

बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाईने उनले बताए। यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनले बताए। उता बुद्धभुमी नगरपालिका वडा १ बडहरा चोकमा एक बिघा क्षेत्रमा १९ करोड लागतको आधारभुत अस्पताल निर्माणको प्रकृया अघि बढाइएको मेयर केशव कुमार श्रैष्ठले बताए। नगरपालिकाका ईन्जीनीयर कुशल घिमिरेले अस्पताल निर्माणको लागि टेन्डर आवह्वान गरि सकिएको बताए।

निर्माण हुने अस्पतालमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लागतयका सेवा हुने उनले बताए। अस्पालमा लिफ्टको समेत सेवा हुनेछ। आफ्नो कार्यकालको साढे ४ वर्ष पूरा गरेका बेला अस्पतालको निर्माण प्रकृया अघि बढेको भन्दै २ वर्षभित्र अस्पतालको निर्माण सम्पन्न हुने मेयर श्रेष्ठले बताए। उनले अस्पताल निर्माण भए पछि नगरबासी लाभांवित हुने बताए।

प्रकाशित: १८ माघ २०७८ ०९:३२ मंगलबार