स्वास्थ्य

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

फाइलतस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  

धरान वडा नं ८ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको गए राती १० बजे मृत्यु भएको थियो। मृतकले कोभिड १९ विरुद्धको खोप लगाएकी थिइन्।  

मृतक मृगौला, उच्चरक्तचाप र मधुमेहलगायतको दीर्घ रोगबाट पीडित भएको पनि प्रतिष्ठानले जनाएको छ। उनलाई आइतबार (माघ १६ गते) कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार (हिजो) प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: १८ माघ २०७८ ०६:०७ मंगलबार