स्वास्थ्य

थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १०१ पिसिआर परीक्षण गर्दा ३ हजार ३१८ र ४ हजार ४६१ जनामा एन्टिजेन परीक्षण गर्दा १५ सय ८६ जनामा गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोही क्रममा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यस्तै, ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।  

हाल देशभर ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १५ माघ २०७८ ११:१२ शनिबार