स्वास्थ्य

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

फाइलतस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।

धरान वडा नं ११ र १५ का दुई जनाको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान ११ का ४५ वर्षीय पुरुषको हिजो बुधबार राती ८ बजेर ४० मिनेटमा मृत्यु भएको थियो। 

मृतक दीर्घ रोगी रहेको र कोभिडविरुद्धको खोप पनि लगाएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। प्रतिष्ठानका अनुसार मृतकलाई माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पताल भर्ना गरिएको थियो।  

यस्तै, प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजेर ४० मिनेटमा ७२ बर्षीय वृद्धको मृत्यु भएको छ। उनलाई माघ ९ गते संक्रमण पुष्टि भएपनि हिजो बुधबार मात्र कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। मृतक वृद्धले पनि कोभिडविरुद्धको खोप लगाएका थिए। मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: १३ माघ २०७८ ०६:४० बिहीबार