स्वास्थ्य

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ७० वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो।

ती महिलाको बिहान ७ बजेर ५० मिनेटमा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार यही माघ ८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनले पिसिआर परीक्षण गराएकी थिइन्।

भेरी अस्पतालमा यहीं माघ ९ गते भर्ना भएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पातलले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८ ०७:२९ मंगलबार

भेरी अस्पताल कोरोना संक्रमित