स्वास्थ्य

कोरोना परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८ सय रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्य मन्त्रालयले जनाएको छ।  

यसअघि कोरोना परीक्षणको शुल्क एक हजार रुपैयाँ रहेको थियो।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसअघि यो शुल्क दुई हजार रुपैयाँ रहेको थियो।

प्रकाशित: ५ माघ २०७८ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App