स्वास्थ्य

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा १८ र १ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।

प्रदेशमा बिहीबार १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४ महिला र ८ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय ५० रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ पुस २०७८ १३:४७ बिहीबार