स्वास्थ्य

१८९ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पछिल्लो तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमण भएको जनाएको छ।

सोही अवधिमा २५० जना कोरोना संक्रमणमुक्त भएको जनाउँदै मन्त्रालयले दुई जना संक्रमितको निधन भएको उल्लेख गरेको छ। सो अवधिमा मन्त्रालयले ५ हजार ४८३ जनाको पिसीआर र २ हजार ५१४ जनाको एन्टीजेन गरी कूल ७ हजार ९९७ जनाको नमूना परीक्षण गरेको थियो।

नेपालमा हाल ५ हजार ४२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ पुस २०७८ ११:२८ शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय