स्वास्थ्य

थप २८० जनामा कोरोना पुष्टि, ६ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ९९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ५ हजार ६ सय ३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८ ११:२४ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमित पुष्टि