स्वास्थ्य

प्रदेश १ मा २५ जना कोरोना संक्रमणमुक्त, १३ जनामा थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा १३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा ११ र १ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो। सुनसरीको धरान र इटहरीमा २–२ र इनरुवामा १, मोरङको विराटनगर, सुन्दरहरैँचा र बेलबारीमा १–१, झापाको हल्दिबारी र दमकमा १–१ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बिहीबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७८ १२:५७ बिहीबार

प्रदेश १