स्वास्थ्य

भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

यही मंसिर ४ गते बर्दियामा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो।  त्यसपछि उनी मंगलबार(हिजो) भेरी अस्पतालमा आएर भर्ना भएका थिए। 

स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

योसँगै बाँकेका ३ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित: २२ मंसिर २०७८ ०४:३८ बुधबार

भेरी अस्पताल कोरोना संक्रमित