स्वास्थ्य

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १७ र १ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो। झापाको भद्रपुरमा ३, विर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६, कानेपोखरी र रतुवामाईमा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा मंगलबार २६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १० महिला र १६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७८ १२:५४ मंगलबार