स्वास्थ्य

‘महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा बढाउनुपर्छ’

नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधान वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। विभिन्न प्रकोप तथा महामारीमा समेत २४सै घन्टा नागरिकलाई सबैभन्दा नजिकबाट स्वास्थ्य सेवा उपलब्ध  गर्दै आएका स्वयंसेविकाको वृद्धि विकासमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।  

१८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आइतबार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका कँडेलले अन्य श्रमिक जस्तै स्वयंसेविकालाई सेवा सुविधा उपलब्ध गराउपर्ने बताए।

वर्तमान कांग्रेस नेतृत्वको सरकारले वृद्धि विकासमा ध्यान दिएको बताउँदै उनले दिगो वृद्धि विकासका लागि योजना बनाइरहेको बताए। उक्त अवसरमा वडा नम्बर १ को आर्थिक सहयोगमा उक्त वडामा रहेका पाँच जना स्वायंसेविकालाई साइकल वितरण गरिएको थियो। यसका साथै गाउँपालिकामा रहेका ५० जना महिला स्वास्थ्य स्वंयसेविकालाई मोबाइल समेत प्रदान गरिएको छ।

सांसद कँडेलले सरावल गाउँपालिका–१ मा निर्मित स्वास्थ्य चौकी र बाल विकास भवनको समेत उद्घाटन गरेका छन्। भवन निर्माण भएसँगै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने उनको भनाइ थियो। वडाध्यक्ष भेषनारायण चौधरीको अध्यक्षता रहेको कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको पनि आतिथ्यता रहेको थियो।

प्रकाशित: २० मंसिर २०७८ ०७:०४ सोमबार

नेपाली कांग्रेस देवेन्द्रराज कँडेल