स्वास्थ्य

दुर्गममा महिला स्वास्थ्य शिविर

महिलाहरुमा स्वास्थ्य समस्या धेरै रहेको भन्दै रुकुममा महिलाहरुका लागि ३ दिने निःशुल्क स्वास्थ्य शिविर शनिबारदेखि सुरु भएको छ। महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको आयोजनामा र त्रिवेणी गाउँपालिकाको सहकार्यमा खारा अस्पतालमा स्त्री रोग विशेषज्ञ डा केएल बिक्रम जिसि र मेडिकल अफिसर छबिलाल नेपालीले पहिलो दिन १ सय ३५ बिरामिको स्वास्थ्य जाँच तथा उपचार गरेका छन्।

शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाँच लगायतको परीक्षण तथा उपचार गरिएको थियो। पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर अप्रेसन सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्।

उक्त्त अवसरमा स्वास्थ्य मेला समेत संचालन गरिएको छ। संयोजक धितालका अनुसार मेलामा आएका करिब ४ सय सहभागीले महिला स्वास्थ्य सम्बन्धी जानकारी पाएका छन्। दुई दिनसम्म खारामा चल्ने शिविर तेस्रो तथा अन्तिम दिन सोही पालिकाको पेउघा स्वास्थ चौकीमा संचालन गरिने छ। महिलाको विभिन्न क्षेत्रमा काम गरिरहेको ओरेक रुकुमले सशक्तीकरणसँगै आर्थिक र स्वास्थ्यका सवालमा पनि काम गरिरहेको छ।

प्रकाशित: ११ मंसिर २०७८ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App