स्वास्थ्य

थप ३८५ मा कोरोना पुष्टि, चार जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो।

यो सँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३३२ पुगेको छ।

पछिल्लो समय थप २५८ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ६१७ पुगेको छ। निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ। कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ।

त्यसैगरी, पछिल्लो समय ७१ हजार ४८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २६९ रहेको छ। होम आइसोलेसनमा ६ हजार ८२७, संस्थागत आइसोलेसनमा ४४२, आइसियूमा २३० र भेन्टिलेटरमा ५५ जनाको उपचार हुँदैछ।

प्रकाशित: ६ मंसिर २०७८ १२:३० सोमबार

थप ३८५ मा कोरोना पुष्टि चार जनाको मृत्यु