स्वास्थ्य

प्रदेश १ मा ६१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र १ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा १३, रंगेलीमा ३ र बेलबारीमा २ जनामा संक्रमण भएको छ।

झापाको मेचीनगर र भद्रपुरमा ५–५, दमकमा २, विर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, बाहृदशी र अर्जुनधारामा १–१ जनामा संक्रमण भएको छ। सुनसरीको धरानमा ५, इटहरीमा ४ र गढीमा १, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमबार ३८  जना  कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App