स्वास्थ्य

थप ४१६ मा कोरोना काेराेना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३३ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १३६ जना रहेको छ। आज २७० जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५४४ पुगेको छ। निको हुने दर ९७।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

एकको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय ७४ हजार ४५२ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३११ रहेको छ। अहिले होम आइसोलेशनमा छ हजार ७७९, संस्थागत आइसोलेशनमा ५३२, आइसीयुमा २२५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन्।

प्रकाशित: २९ कार्तिक २०७८ १३:१८ सोमबार

कोभिड–१९ को सङ्क्रमण पुष्टि