स्वास्थ्य

३०६ जना नयाँ संक्रमित, ६ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३०६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै आइतबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले सो अवधिमा कूल ९ हजार ६०६ जनाको नमूना परीक्षण गरेको थियो। मन्त्रालयले ८ हजार ८ जनाको पीसिआर परीक्षण र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गरेको उल्ल्ेख गर्दै सो अवधिमा ३४८ जना संक्रमणमुक्त भएको जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणको कारण पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु भएको छ। हाल नेपालमा ७ हजार २१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २८ कार्तिक २०७८ १०:२२ आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय