स्वास्थ्य

थप ३९७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३९७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, थप ३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने ३८९ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितकाे संख्या ७ हजार ४९८ रहेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६९ छ।

प्रकाशित: २६ कार्तिक २०७८ १०:१८ शुक्रबार

कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय