स्वास्थ्य

थप ३९० जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। सोहीक्रममा ४२५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेका छन्।

प्रकाशित: २२ कार्तिक २०७८ ११:१० सोमबार

कोरोना संक्रमण पीसीआर परीक्षण