स्वास्थ्य

थपिए १४३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा १४३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यो अवधिमा ५६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म सात लाख ९५ हजार ३९७ जना सङ्क्रमणमुक्त भएका छन्। कारोना निको भएको दर ९७ दशमलव ७ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४४८ पुगेको छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ७१३ रहेका छन्।

प्रकाशित: २१ कार्तिक २०७८ ११:३० आइतबार

कोभिड–१९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय